Skip to main content

दोस्रो महाधिवेशन


२०१४ जेठ १५ गतेदेखि २५ गतेसम्म काठमाडौंको दरबारमार्गस्थित फोहरादरबारमा नेकपाको दोस्रो महाधिवेशन खुला रुपमा सम्पन्न भएको थियो । महाधिवेशनमा डा. केशरजंग रायमाझीद्वारा प्रस्तुत ‘पार्टीको कार्यक्रममा परिवर्तन किन ?’ नामक दस्तावेज अस्वीकृत भएको थियो भने कमरेड पुष्पलालले पेश गर्नुभएको संविधानसभा र गणतन्त्रको कार्यक्रमिक नारासहितको दस्तावेज पारित भएको थियो । तर, नेतृत्वमा चाहिँ केशरजंग रायमझी आउनुभएको थियो ।

२०१७ पुस १ गतेको राजा महेन्द्रको सैनिक ‘कु’ लाई डा. केशरजंग रायमाझीले ‘प्रगतिशील कदम’ भनेर स्वागत गरेपछि नेतृत्वमा रहेको विचलन छताछुल्ल भएको थियो । कमरेड पुष्पलालको नेतृत्वमा उक्त कदमलाई ‘सैनिक आतंक’को संज्ञा दिँदै विरोधका साथ संघर्षमा जोड दिइएका कारण कम्युनिस्ट पार्टीको क्रान्तिकारी चरित्र जोगिएको थियो । कम्युनिस्ट पार्टीलाई राजाका पाउमा चढाउने घोर दक्षिणपन्थी र राजावादी चरित्रलाई उदांगो पार्दै कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी, जनमुखी र परिवर्तनकारी आन्दोलनका रुपमा विकास गर्न त्यसपछि कठिन संघर्ष गर्नुपरेको थियो ।

नेपाल कम्युनिस्ट पार्टी दोस्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी २०१४ जेठ, १५–२५, फोहरा दरवार (प्रभा सिनेमा हल), काठमाडौं

क्र.स.नामपदठेगाना
क. केशरजंग रायमाझीमहासचिवपाल्पा
क. पुष्पलाल श्रेष्ठपोलिट्ब्युरो स.काठमाडौं
क. तुलसीलाल अमात्यपोलिट्ब्युरो स.ललितपुर
क. डी.पी. अधिकारीपोलिट्ब्युरो स.मोरङ
क. कमर शाहपोलिट्ब्युरो स.सप्तरी
क. शम्भुराम श्रेष्ठकेन्द्रीय कमिटी सदस्यकाठमाडौं
क. हिक्मतसिंह भण्डारीकेन्द्रीय कमिटी सदस्यगोरखा
क. कृष्णराज वर्माकेन्द्रीय कमिटी सदस्यसप्तरी
क. मोहनविक्रम सिंहकेन्द्रीय कमिटी सदस्यप्यूठान
१०क. अरविन्दप्रसाद रिमालकेन्द्रीय कमिटी सदस्यकाठमाडौं
११क. पी.एन. राणाकेन्द्रीय कमिटी सदस्यकाठमाडौं
१२क. पी.वी. मल्लकेन्द्रीय कमिटी सदस्यसल्यान
१३क. कमलराज रेग्मीकेन्द्रीय कमिटी सदस्यपाल्पा
१४क. केदारप्रसाद उपाध्यायकेन्द्रीय कमिटी सदस्यमोरङ
१५क. कृष्णलाल श्रेष्ठकेन्द्रीय कमिटी सदस्यतनहुँ
१६क. कृष्णप्रसाद अधिकारी शर्माकेन्द्रीय कमिटी सदस्यसिराहा
१७क. मधु सिंहकेन्द्रीय कमिटी सदस्यबारा
सम्पूर्ण विवरण हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।